नियम १७
शर्त तथा बन्देज अनुरुप नभएमा गर्ने
(१) कुनै व्यक्ति वा संस्थाले पैठारी गरेका बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तु प्रचलित नेपाल कानूनले तोकेको शर्त तथा बन्देज अनुकूल नभएमा त्यस्ता वस्तु कार्यालयले उपचार गरी प्रवेश गर्न दिन वा नष्ट गर्न वा सम्बन्धित मुलुकमा फिर्ता पठाउने सम्बन्धमा निर्देशनको लागि सोको सूचना तुरुन्त संगठनलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना प्राप्त भएमा संगठनले सो सम्बन्धी जानकारी सम्बन्धित मुलुकको राष्ट्रिय बिरुवा संरक्षण संगठनलाई गराई त्यस्तो बस्तुको सम्बन्धमा गर्नु पर्ने कारबाहीको लागि सम्बन्धित कार्यालयलाई आवश्यक निर्देशन दिनु पर्नेछ ।
(३) कार्यालयले उपनियम (२) बमोजिम संगठनबाट प्राप्त निर्देशन बमोजिम कुनै वस्तु नष्ट गर्नु वा सम्बन्धित मुलुकमा फिर्ता पठाउनु पर्नेछ ।